अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २२ असार । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ३ सयले बढेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।