Banner News

थप २६३४ जनामा कोरोना संक्रमण, १५६५ जना डिस्चार्ज



काठमाडौँ, २२ असार । थप २ हजार ६ सय ३४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ८ सय २८ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ५ सय ६५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख  १२ हजार ९ सय ९४ जना रहेको छ । आज १५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार २ सय ६३  जना पुगेको छ ।