काठमाडौँ, २५ असार । नेपाललाई विश्व बैंकले १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ ।
आज बसेको विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५र५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।
नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ ।










प्रतिक्रिया दिनुहोस्