Banner News

थप २२३९ जनामा कोरोना संक्रमण, १३१६ जना डिस्चार्ज



काठमाडौँ, २५ असार । थप २ हजार २ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५२ हजार ८ सय ५९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ५ सय ९० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ३ सय १६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख  १६ हजार ९ सय २९ जना रहेको छ । आज २० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ३ सय ४०  जना पुगेको छ ।