बुटवल, २७ असार । रुपन्देहीको भैरहवास्थित नारायणपथको एक प्लाइउड र फाइबर गोदाममा आगलागी भएको छ ।
सिद्धार्थनगर नगरपालिका–८ नारायणपथमा रहेको सुन्दर ग्लास हाउसमा गएराति सवा नौ बजेदेखि भएको आगलागी बिहान ५ बजे मात्रै नियन्त्रणमा आएको छ ।
आगलागीबाट गोदाममा रहेका प्लाइउड बोर्ड र फाइबर सहित दुई तल्ले घर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा रुपन्देहीसहित नवलपरासी र कपिलवस्तुका १५ वटा दमकलले ८ घण्टामा आगो नियन्त्रणमा लिएको हो ।
आगलागीबाट २ करोड बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्