काठमाडौँ, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैजसो नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।
आज काठमाडौंको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले खोप अभावमा कोही तडि्पन नपर्ने बताए । उनले भने, ‘२०२१ भित्रमा भ्याक्सिन लगाइसक्ने गरी हामी प्रयास गरिरहेका छौं, केही समस्या आइपरेमा त्यो भन्दा पर पनि जान सक्छ’ ‘तर भ्याक्सिनको अभावबाट अब तड्पिन पर्दैन ।’ ‘हामी सबै नागरिकलाई खोप लगाएर सुरक्षित राख्न सक्छौं, तर जबसम्म संसारबाट कोभिड-१९ समाप्त हुँदैन, हामी सजग हुनुपर्छ ।’
चार वर्षमा निर्माण सम्पन्न भइ कोभिड संक्रमितको उपचार सुरु गरिएको भवनमा एउटा आईसीयू कक्षसहित कुल ५०० बेड सञ्चालनमा ल्याउने अस्पताल प्रशासनले जनाएको छ । दुई तला अण्डरग्राउन्डसहित नौ तले नयाँ सर्जिकल भवनमा २५ बेडको आकस्मिक कक्षलाई १०० बेड, १०० बेडको आईसीयूलाई २०० बेड र १५ बेडको डायलासिसलाई १०० बेडमा स्तरोन्नती गरिने अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले बताए ।










प्रतिक्रिया दिनुहोस्