काठमाडौँ, २७ असार । थप १ हजार ८ सय ३१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५५ हजार ४ सय ४९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७३ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ५ सय ३३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख १९ हजार ८ सय ९४ जना रहेको छ । आज २० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ३ सय ८२ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्