काठमाडौँ, २८ असार । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।
आज अपरान्ह ५ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टीभित्र देखा परेका विवाद समाधान गर्न कार्यदलले आइतबार १० बुँदे सहमति गरेको थियो। त्यो सहमतिलाई स्थायी कमिटीले अनुमोदन गर्ने तयारी छ ।
यसबारे नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आजै भर्चुअल रूपमा हुने नेताहरूले बताएका छन्। पार्टीलाई पुरानै संरचनाअनुसार अघि बढाउनेलगायत १० बुँदामा कार्यदलबीच सहमति जुटेको थियो । एमालेले आइतबार पनि स्थायी कमिटी बैठक बोलाएको थियो तर अन्तिम समयमा आएर आजसम्मका लागि स्थगित गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्