भक्तपुर, २८ असार । भक्तपुरमा प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जवराको पुत्ला जलाइएको छ ।
नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीको आयोजनामा नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतको गृह जिल्ला भक्तपुरको सिर्जनानगरमा राँकेजु्लुससहित प्रधानन्यायाधिस जवराको पुत्ला जलाईएको छ । अरनीको राजमार्गको मुख्य चोकको रुपमा रहेको सिर्जनानगरमा प्रधानन्यायाधिस जवराको पुत्ला जलाइएको हो ।
नेपालको संविधानलाई विदेशी डलरको भरमा आज असंवैधानिक, निरंकुश, निर्दलीय कदम चाली प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाई कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमाधेस जारी गरेसँगै संघ आन्दोलनमा उत्रिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाले वर्तमान अवस्थामा मुलुकलाई सहि बाटोमा लैजान नसक्ने भन्दै विघटन गर्नुभएको थियो । सोही मुद्धामा सर्वोच्च अदालतले संसद पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमाधेष जारी गरेको छ । मुलुकलाई अस्थिरताको बाटोमा लैजान खोज्ने तथा दोस्रो खिलराज बन्न खोज्ने चोलेन्द्रले सपना नदेख्न समेत संघले चेतावनी दिएको छ । विदेशीको डलर तथा सेट्रिङको भरमा सर्वोच्चले फैसला गरेको आरोप लगाउँदै संघले दलाली, भ्रष्टाचारी, माफिया, राष्ट्रघाती, जनविरोधी प्रधानन्यायाधिस जवराको हर्कतलाई जनताले एक एक गरेर हिसाव किताव खोज्ने चेतावनी दिएको छ ।

संविधानको कुनै पनि धारा उपधारमा कहिँ कतै उल्लेख नभएको कुरालाई प्रधानन्यायाधिस जबराले संविधानलाई लत्याउँदै उक्त फैसला गरेको भन्दै युवा संघले पुत्ला जलाएको हो । संविधानभन्दा माथि प्रधानन्यायाधिस हुन नसक्ने उल्लेख गर्दै संघले फैसलाको घोर भत्सना गरेको छ ।
अदालतले वर्तमान व्यवस्थालाई नै ध्वस्त भई निरङ्कुस तथा पञ्चायती शैलीमा लैजान लागेको भन्दै संघले त्यसको रक्षाका निम्ती ज्यान दिन तयार रहेको उद्घोष गरेको छ । शरिरमा एक थोपा रगत रहुन्जेलसम्म संघले वहुदलीय व्यवस्थालाई जोगाउने उल्लेख गर्दै मुलुक र जनताको निम्ती जस्तोसुकै अवस्थालाई सामना गर्न तयार रहेको समेत संघले चेतावनी दिएको छ ।

संघका कार्यकताहरुले ‘चोलेन्द्र तेरो पाराले, दुःख पाए साराले’, ‘चोलेन्द्र चोर, अदालत छोड’, ‘अदालत डलरमा विक्न पाइँदैन, राष्ट्रघाती कदम चाहीँदैन’, ‘केपी ओली जिन्दावाद’, ‘संविधान मिच्न पाईदैन, राष्ट्रघाती कदम चाहिँदैन’, ‘वैदेशिक हस्तक्षेप मुर्दावाद’, ‘विदेशी दलाल होसियार’ लगायतका नाराहरु लगाईएको छ ।










प्रतिक्रिया दिनुहोस्