Banner News

नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगित



काठमाडौँ, २९ असार । नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो एक बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक स्थगन भएको उनले बताए ।