समाचार

थप २९०५ जनामा कोरोना संक्रमण, १६०६ जना डिस्चार्ज



काठमाडौँ, ३० असार । थप २ हजार ९ सय ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ६० हजार ७ सय ८८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ४७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ६ सय ६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख २४   हजार ७ सय ११ जना रहेको छ । आज १८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ४ सय ३०  जना पुगेको छ ।