काठमाडौँ, ३१ असार । भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुब्नुभएका नेपाली कांग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाबाट नेपाली जनताले भ्रष्टाचार र सुशासनको अनुभुति गर्न पाउने अवस्था देखिएको छैन । नेपालको इतिहासका भ्रष्टाचार, अनियमितता, राष्ट्रघाती कदमको नेतृत्व कर्ताको रुपमा प्रधानमन्त्री देउवाको नाम जोडिएकै हुन्छ ।
वाइडबडी काण्ड, लाउडा काण्ड, महाकाली सन्धी, संसदलाई राजालाई सुम्पने, मुलुकमा संकटकालको नेतृत्वकर्ता, एमसीसीका नेतृत्वकर्ता, सुरा सुन्दरी प्रकरण, सुन तस्करिका नेतृत्वकर्ता, न्यायालयलाई विदेशीको इसारामा सञ्चालन गर्ने नेतृत्वकर्तालगायतका मुख्य मुख्य काण्डमा मुछिनुभएका प्रधानमन्त्री देउवाबाट अबका दिनमा मुलुकको विकास र समृद्धिको अपेक्षा गर्न नसकिने स्पष्ट रहेको छ । जनताबाट प्राप्त जनादेश नभई परमाधेसबाट मुलुकको नेतृत्व गर्न तम्सिनुभएका प्रधानमन्त्री देउवाले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको रक्षा हुने नभई विदेशीको इसारामा चल्ने प्रायः निश्चित जस्तै छ ।
यसै प्रसङ्गमा नेपालको चर्चित काण्डको वाइडबढी प्रकरण । यसमा प्रधानमन्त्री देउवाको प्रत्यक्ष संलग्न रहेको छ । वाइडवाडी खरिदका क्रममा देउवाको श्रीमती आरजु देउवाको प्रत्यक्ष संलग्नता रहेको छ । नेतृ आरजुको भाइ भुषण राणाले कम्पनीसँग वाइडबडी जहाज खरिद गरिएको थियो । जसमा देउवा, आरजु तथा भुषणले नेपालमा उक्त जहाज भित्र्याउनुभएको थियो ।
उक्त वाइडवडी जहाजको २०७४ साल जेठ २९ गते भक्तानीको सिफारिस गर्दा देउवा प्रधानमन्त्री तथा पर्यटनमन्त्री हुनुहुन्थ्यो । उहाँले उक्त जहाजको खरिदका लागि गर्नुभएको वास्तविकता उक्त समयमा कान्तिपुर दैनिकले प्रकाशति गरेको समाचार जस्तोको त्यस्तै,

त्यस्तै देउवा प्रधानमन्त्री नियुक्त भएको भोलीपल्ट नै ललिता निवासको जग्गा प्रकरणका नेतृत्वकर्ता विजय गच्छदारलाई उन्मुक्ति दिनुभयो । गच्छदारलाई उन्मुक्ति दिएसँगै न्याय नभएको देशको रुपमा नेपाल अगाडी बढेको महशुस भएको छ । अदालतमा सेटिङ गरी सर्वोच्च अदालत समेत कांग्रेस, माओवादी केन्द्रको भातृ संगठनजस्तै बनेको छ । ललिता निवास जस्तो भूमाफिया जोडिएको प्रमाण रहेको हुँदा हुँदै सरकारीकरण नगर्न आदेश दिनु सर्वोच्च कसको निर्देशनमा चल्दैछ भन्ने सामान्य जनतालाई समेत प्रष्ट छ ।










प्रतिक्रिया दिनुहोस्