अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३१ असार । आज सुनचाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ५ सयले बढेर प्रतितोला ९३ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।