काठमाडौँ, ३१ असार । थप २ हजार ३ सय ७६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ६२ हजार ५ सय ७० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३९ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ७ सय ५७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख २६ हजार ४ सय ६८ जना रहेको छ । आज ३३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ४ सय ६३ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्