काठमाडौँ, १ साउन । थप २ हजार ९ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ६४ हजार ५ सय ७६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय २७ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ७ सय ७५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख २८ हजार २ सय ४३ जना रहेको छ । आज ४३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ५ सय ४ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्