Banner News

एमाले संसदीय दलको बैठक सकियो: गर्यो ५ महत्वपूर्ण निर्णय



काठमाडौँ, १ साउन । नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको दलको बैठकमा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्माओली लगायत नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु सहभागी रहनुभएको थियो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक तथा वर्तमान अवस्था र आगामी रणनीतिको बारेमा छलफल भएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठक ३ गते बस्ने भएकाले उक्त बैठकमा एमालेको भूमिकाको बारेमा रणनीति बनाइएको उहाँले जानकारी दिनुभयो । सर्वोच्चले दुनीयामा कहि नभएको फैसला गरेको भन्दै आक्रोस जनाउँदै उहाँले सर्वोच्च अदातलेले नेपाललाई निर्दलीय अवस्थामा लैजान खोजेको आरोप लगाउनुभयो । सर्वोच्च अदालतले लोकतन्त्र, संविधानको रक्षा तथा दलीय व्यवस्था बचाउन एमालेले जस्तोसुकै कदम उठाउन तयार रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार दलको बैठकले गरेका ५ वटा महत्वपूर्ण निर्णयहरु,

१. कोराना संक्रमणलाई रोक्न विशेष राणनीतिका साथ संसदमा प्रस्तुत हुने,
२. प्राकृतिक प्रकोप तथा बाढी र पहिरोका कारण मृत्यु भएका आम नागरिक तथा नेताहरुप्रति श्रद्धाञ्जली व्यक्त, घाइतेलाई निशुल्क उपचारको व्यवस्था गर्न माग ।
३. पार्टीलाई एकतावद्ध बनाएर लैजाने आगामी बैठक अगाडी पार्टीभित्रका असहमतिलाई समाधान गर्ने,
४. समसामयीक राजनीतिक परिस्थिती, एमालेको आगामी रणनीति तय,
५. सर्वोच्च अदालतले संविधानको धारा उपधारलाई अपव्याख्या गरी जनादेशलाई पूर्ण रुपमा इन्कार गरेको, लोकतन्त्र, दलीय व्यवस्थालगायतलाई ध्वस्त बनाउँदै निर्देलीय व्यवस्थामा जान खोजेकोले त्यसलाई परास्त गर्न जनताको माझमा सत्यतथ्य पुर्याउने, भण्डारफोर गर्ने ।