काठमाडौँ, २ साउन । आजबाट मनसुन थप सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आजबाट लुम्बिनी, गण्डकी सुदूरपश्चिम तथा प्रदेश १ मा मनसुन थप सक्रिय हुँदा भारी वर्षा हुनेछ । तर, वाग्मती प्रदेशमा भने मंगलबारसम्म अहिले सामान्य वर्षाको सम्भावना रहेकोछ ।
आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
त्यस्तै आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्