Banner News

नेकपा एमाले स्थायी कमिटीको बैठक सकियो



काठमाडौँ, ३ असार । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।

आज च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा देउवाले विश्वासको मत लिँदै छन् ।

एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने समेत बताएका छन । एमाले बैठकले सम्भव भएसम्म अरु पार्टीलाई पनि देउवाको विपक्षमा मतदान गर्न आग्रह गर्ने निर्णयसमेत गरेको छ ।