काठमाडौँ, ६ साउन । थप २ हजार ८ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ७२ हजार ८ सय ७१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय ३२ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ४ सय ७५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ६३ हजार ४ सय २ जना रहेको छ । आज ३० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्