काठमाडौँ, ७ साउन । थप २ हजार ७ सय १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ७४ हजार ७ सय २६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ७५ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार २ सय ८८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ३६ हजार ६ सय ९० जना रहेको छ । आज २४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्