समाचार

काठमाडौँ उपत्यकामा थपिए ९९९ जना कोरोना संक्रमित



काठमाडौँ, ११ साउन । काठमाडौँ उपत्यकामा एकै दिन ९९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौँमा ५ हजार ९१० जना सक्रिय संक्रमित रहेका छन् भने १ हजार ९४९ जनाको मृत्‍यु भइसकेको छ । यस्तै भक्तपुरमा ९३६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने ३८१ जनाले कोरोनाकै कारण ज्‍यान गुमाइसकेका छन् । यस्तै ललितपुरमा पनि १ हजार १६३ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने ५८६ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् ।