Banner News

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तयारी



बुटवल, १२ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर विश्वासको मत लिने भएका छन् ।

सरकारका प्रवक्ता बैजनाथ चौधरीले तयारी शुरू गरिएको र केही दिनभित्रै विश्वासको मत लिने जानकारी दिए ।

‘केही दिनभित्रै प्रदेश सरकारले विश्वासको मत लिन्छ’,प्रदेश सरकारले आज आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरीले भने, ‘प्रदेश सरकारले छिट्टै विश्वासको मत लिन्छ । त्यसको तयारी पनि शुरू भइसकेको छ । विश्वासको मत पाए सरकार चलाउँछौँ, नपाए विपक्षमा बस्छौँ ।’