Banner News

एमाले स्थायी कमिटी बैठक स्थगित



काठमाडौँ, १६ साउन । आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

विघटित कार्यदलको बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको हो ।