काठमाडौँ, २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकट नेताहरुसँ छलफल गर्ने भएका छन् ।
महाधिवेशन सार्ने कि फास्ट ट्रयाकमार्फत गर्ने भन्ने विषयमा दिउसो बोलाइएको पदाधिकारी बैठकअघि उनी आफू निकट नेताहरुसँग छलफल गर्न लागेका हुन् ।
देउवा निकट एक नेताका अनुसार दिउसो बस्ने बैठकमा एउटा धारणा तय गर्नका लागि छलफल गर्न लागिएको हो । उनका अनुसार अहिले केहीबेरमा बूढानीलकण्ठमा देउवाले छलफल गर्दैछन् ।
पौडेल निकट जिल्ला सभापतिहरुको भेलाले पनि यस्तो निष्कर्ष निकालेको छ । भोलि बस्ने केन्द्रीय समितिको बैठकअघि महाधिवेशनका विषयमा निर्णय गरिने कांग्रेस नेताहरुले जानकारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्