काठमाडौँ, २९ साउन । थप ३ हजार ९ सय १५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख २८ हजार ५ सय ३२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ९५ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ हजार १ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ७९ हजार ४ सय ९५ जना रहेको छ । आज २७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार २ सय ३९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्