राजनीति

कुलमानको नियुक्तिविरुद्ध हितेन्द्र सर्वोच्चमा पुगे



काठमाडौँ, ३२ साउन । आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै पुनर्वहालीको माग लिएर हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् ।

कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै शाक्यले रित दर्ता गराएको सर्वोच्चले जनाएको छ ।

शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग समेत गरेका छन ।