रौतहट, १ भदौ । लागूऔषधसहित दुई जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गएराति एक अनलाइन मिडिया संचालक ईशनाथ नगरपालिका-८ का मो. मोजिबुल्लाह र राजपुर नगरपालिका(७ का शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई १०५ थान लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान पछि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्