काठमाडौँ, १ भदौ । सर्वोच्चद्वारा परमादेशबाट बनेको कांग्रेसका सभापति शेबहादुर देउवा नेतृत्वको सरकारलाई भूमिहिन तथा सुकुम्बासी जनताले जनताको पक्षमा काम गर्न वर्तमान सरकार बहिरो तथा अन्धो भएको भन्दै आक्रोस जनाएका छन् ।
नेकपा एमाले निकट भूमिहिन सुकुम्बासी संगठन, अखिल नेपाल किसान संघ तथा राष्ट्रिय युवा संघ नेपालले संयुक्त रुपमा काठमाडौँमा आयोजना गरको सडक प्रदर्शनमा सहभागि भूमिहिन तथा सुकुम्बासीहरुले संविधानले दिएको अधिकारलाई खोसेको भन्दै बहिरो तथा अन्धो सरकारलाई आँखा खोल्न आग्रह गरेका छन् ।
५० लाख भूमिहिन तथा सुकुम्वासीहरुको हस्ताक्षरसहित हिजो ७७ जिल्लाबाट सरकारलाई ज्ञापनपत्र बुझाएको जानकारी गराउँदै भूमिहिन तथा सुकुम्वासी जनताले वर्तमान देउवा नेतृत्वको सरकार गरिवमारा भएको भन्दै आक्रोस जनाए । आगामी निर्वाचनमा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादवलगायतका सरकारवादी गठबन्धनका पार्टीहरुलाई बहिस्कार गर्ने घोषणा समेत गरे ।

गरिव जनताको बाध्यतालाई नवबुझे जनता विष्फोट हुने चेतावनी दिँदै सरकारले तीन करोड जनतालाई निरास बनाएको बताए । लामो संघर्षपछि नेपालमा लोकतन्त्र स्थापना भएको उललेख गर्दै आन्दोलनबाट प्राप्त उपलब्धीलाई सामन्तवादको अवशेसको रुपमा सर्वोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र समशेर जवरा भएको भन्दै आक्रोस जनाए ।
कार्यक्रममा भूमिहिन सुकुम्वासी संगठनका संयोजक तथा एमालेको नेतृ शान्ता चौधरीले सरकारले श्रमजीवि, सुकुम्वासी तथा भूमिहिनको टाउकोमा घनले हानेको बताउनुभयो । लाखौं भूमिहिनले लालपुर्जा पाउनै लागेको समयमा आयोग विघटन गरी गरिव जनताको भमग्य र भविष्यमाथि बुट बजारेको उल्लेख गर्दै नेतृ चौधरीले अधिल्लो सरकारले गरिव जनताको पक्षमा गरेको कार्यले वर्तमान सरकारलाई ज्वरो आएको दावी गर्नुभयो ।
आन्दोलन र जनताको साथबाट परमादेशको सरकारलाई घुँडा टेकाउने चेतावनी दिदै उहाँले १० वर्ष गरिव जनताको पक्षमा भनि हजारौं गरिव जनताको रगतमाथि खेलवाड गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले विघटन गरेको आयोगको बारेमा मौन हुनु प्रचण्ड तथा माओवादीलाई जनताले धिक्कारिरहेको बताउनुभयो । गरिव जनताले कांग्रेस माओवादीलाई वहिस्कार गर्ने चेतावनी दिँदै नेतृ चौधरीले भूमिहन तथा सुकुम्वासी जनताको सवैभन्दा ठूलो दुष्मन कांग्रेस माओवादी भएको समेत आक्रोस व्यक्त गर्नुभयो ।

कार्यक्रममा युवा संघका उपाध्यक्ष अमित लामाले देउवा नेतृत्वको सरकारले तीन करोड नेपाली जनतालाई निराश बनाएको बताउनुभयो । आज सर्वोच्च अदालतमा सुकुम्वासी समस्या समाधान आयोग विघटनको मुद्धाको पेशी समेत चढेकाले उक्त फैसला गरिव जनताको पक्षमा गरी विगतको पाप पखाल्न जवरालाई उहाँले आग्रह समेत गर्नुभयो । उहाँले देशभर रगतको खोला बगाएर भएपनि भूमिहिनलाई जनतालाई जग्गा उपलब्ध गराउने उद्घोष गर्नुभयो ।
कार्यक्रममा गरिव मारा सरकार मुर्दावाद, प्रतिगामी कायर सरकार मूर्दावाद, भूमिहिनलाई जग्गा दे, नालायक सरकार राजिनामा दे, किसान एकता जिन्दावाद, वहिरो तथा अन्धो सरकार आँखा खोल, नेकपा एमाले जिन्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, शेरे तेरो पाराले दुःख पाए साराले लगायतका नाराहरु लगाइएको थियो ।











प्रतिक्रिया दिनुहोस्