राजनीति

परमादेशवाला मापसे सरकारलाई सडकमा पुर्याउँछौं: नेता बस्नेत



काठमाडौँ, १ भदौ । नकेपा एममालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान शेरबहादर देउवा नेतृत्वको परमादेश सरकारलाई सडकमा पुर्याउने चेतावनी दिनुभएको छ ।

सरकारले पार्टी फुटाउने अध्यादेश ल्याएसँगै नेता बस्नेतले उक्त कुराको कडा शब्दमा आपत्ती जनाउनुभएको छ । चाल संसद अधिबेशनलाई अन्त्य गरेर सरकारले चोरबाटोबाट अध्यादेश ल्याई राजनीतिक अस्थिरता पैदा गर्न खोजेको आरोप लगाउँदै नेता बस्नेतले लोकतन्त्रवादी, अग्रगामी, भनिने मापसे वाला सरकारले एमाले विभाजन गर्ने र अफ्नो सत्ताको रोटी सेकाउने स्वार्थका साथ सो भन्दा कम २० प्रतिशत थ्रेसहोल्ड वाला अध्यादेश ल्याएको उल्लेख गर्दै चालु संसदको अधिबेशन हठात अन्त्य गरेर भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘लोकतन्त्रमा दल विभाजन हुनु जटिल बैधानिक प्रक्रिया हो। कुनै दल बिभाजन हुँदा लोकतन्त्र र राजनैतिक स्थिरतामा सपोर्ट पुग्दा राम्रै हो । बिगतमा केपी ओली सरकारले अध्यादेश ल्याउदाँ साना दल भित्रको निरंकुशता अन्याय र थिचोमिचोको बिरुद्ध बिद्रोह गर्न चाहेका तत्कालिन संघीय समाजवादी दलका सांसदहरुलाई एमालेमा ल्याउने मूल धेय थियो । तत्कालिन नेकपाका दोश्रो अध्यक्ष प्रचण्ड, माधव नेपाल अनि बिपक्षी कांग्रेस र सो पार्टीका नेताहरुले रोइलो गरेका कारण सरकारले उक्त अध्यादेश फिर्ता लियो । आज इतिहास फेरी धोहोरीएको छ । तिनै लोकतन्त्रवादी, अग्रगामी, भनिने मापसे वाला सरकारले एमाले बिभाजन गर्ने र अफ्नो सत्ताको रोटी सेकाउने स्वार्थका साथ सो भन्दा कम २० प्रतिशत थ्रेसहोल्ड वाला अध्यादेश ल्याएको छ । चालु संसदको अधिबेशन हठात अन्त्य गरेर । हिजो संसद विघटन प्रकृयाको बारेमा अनेक कु तर्क गरेर एमाले प्रतिगमनकारी अनि आफु अग्रगामी र क्रान्तिकारी दाबी गर्ने देउवा प्रचण्ड र माकुने मिलेर जे हर्कत गर्दैछन् । जसको कारण एमाले पंक्तिलाई आक्रोसित र आन्दोलित गराएको छ । स्वभाविक हामी यो गलत कदमको सशक्त प्रतिवाद गर्दछौं । यो परमादेशवाला मापसे सरकारलाई सडकमा पुर्याउने छौं ।’