Banner News

थप ३२७४ जनामा कोरोना संक्रमण, १९२९ जना डिस्चार्ज



काठमाडौँ, १ भदौ । थप ३ हजार २ सय ७४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ३७ हजार २ सय ९४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार  ८ सय ७१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ९ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ८७ हजार ६९ जना रहेको छ । आज २७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ३ सय ५४ जना पुगेको छ ।