बर्दिया, ६ भदौ । राष्ट्रिय युवा संघ नेपाल बर्दियाद्वारा आयोजित भेलाले युथ फोर्स घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमले साइबर सेना (प्रचार प्रसार) विभाग, महिला युथ फोर्स, सागठनिक बिभाग, महिला विभाग, कार्यलय ब्यवस्थापन बिभाग पनि गठन गरेको छ । कार्यक्रम नेकपा एमाले बर्दिया जिल्ला कमिटीको सभाहलमा सम्पूर्ण घोषणा हुदै सम्पन्न भएको हो ।
भेलामा संघका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश सहइन्चार्ज रबिन्द्र लम्साल प्रमुख अतिथिको रुपमा बोल्नु हुदै बामदेव गौतमको जिल्लमा बामदेव गौतमको पारिवारिक बिरासतको राजनीति सकिएको बताउनु भयो ।
विषेश अतिथि नेकपा एमाले नेतृ, पुर्वमन्त्री तथा बिमला बिकले अब केपी शर्मा ओलीको सपना समृध्द नेपाल सुखी नेपालीलाई सफल पार्न युवाहरु नै अगाडि बड्नु पर्ने र त्यसको सुरुवात बर्दियाबाट भएको बताउनुभयो ।
त्यस्तै नेकपा एमाले बर्दिया जिल्ला कमिटी सचिव पदम ढकाल अतिथिको रुपमा बोल्दै संघको देशैभरीको उत्साहित कार्यक्रम गर्दै आएकोमा बर्दिया जिल्लालाई पनि अग्र स्थानमा देखिरहेको बताउनुभयो ।
अतिथिका रुपमा सम्बोधन गर्दै अत्यधिक भाबुक तवरले स्थायी कमिटी सदस्य ध्रुब थापाले सुझाव सहित बर्दिया जिल्ला जत्तिकै देशै भर कार्यक्रम र गतिविधि भएको खण्डमा नेकपा एमाले फेरी पनि पहिलो पार्टी बन्ने बताउनु भयो ।
त्यसैगरी अतिथिको रुपमा स्थायी कमिटी सदस्यद्वय सम्झना बिक, खेम शर्मा, एमाले नेता धर्मराज गिरी, केन्द्रीय सदस्यहरु भिम बहादुर सिह, ओम प्रकास यादव, सुभाष पराजुली अनेरास्वबियु केस कृष्ण आचार्य, केशव टमाटा, मनिसा सुनार, चन्द्र भण्डारी लगायतको उपस्थिति थियो ।
भेलाले युथ फोर्स जिल्ला कमाण्ड प्रमुख बिकाश क्षेत्री र उपप्रमुख सफल ज्ञवाली रहनेगरी ३०१ सदस्य युथ कमाण्डर घोषणा गरेको हो । साइबर सेना प्रमुख चन्द्र बहादुर खड्का उपप्रमुख शेर बहादुर बोगटी, महिला युथ फोर्स प्रमुख त्रीसा गुरुङ उपप्रमुख सबिता उपाध्याय, महिला बिभाग प्रमुख दिपा ठकुरी र उपप्रमुख दिपा शाहि, संगठन बिभाग प्रमुख कपिल शाहि र उपप्रमुख चक्र माझि रहनु भयको छ ।
त्यसैगरी युथ फोर्स बर्दिया जिल्लाभर रहेका आठ पालिकाको सयोजक र सहसयोजक तोकेको छ । कार्यक्रम संघका केन्द्रीय सचिवालय सदस्य तथा बर्दिया जिल्ला अध्यक्ष राजु पहारी दर्शनको सभापतित्व र सन्चालन जिल्ला सचिव चन्द्र बहादुर खड्काले गर्नु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्