Banner News

थप १९२० जनामा कोरोना संक्रमण, २२४८ जना डिस्चार्ज



काठमाडौँ, ६ भदौ । थप १ हजार ९ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ४७ हजार ४ सय ३३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ५१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ हजार २ सय ४८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ९८ हजार १ सय ७३ जना रहेको छ । आज २४  जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ५ सय ५ जना पुगेको छ ।