काठमाडौँ, ७ भदौ । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा समाजले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन/निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि लाई तत्काल अनुमोदन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको हो ।
यसैगरी अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकहरुको उद्धार र सकुशल आ आफ्नो देश फिर्तीका लागि दक्षिण एशियाली सहयोग संगठन सार्कको वर्तमान अध्यक्षको नाताले तत्काल सार्क राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गर्न समाजले देउवालाई आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्