काठमाडौँ, ७ भदौ । जापान सरकारले अनुदानमा दिएको १६ लाख डोज अष्ट्राजेनेका खोप आइपुगेको सरकारले जनाएको छ ।
जापान सरकारले विभिन्न चरणमा उक्त परिमाणमा खोप ल्याएको हो । परराष्ट्र मन्त्रालयका अनुसार जापान सरकारले १६ लाख १४ हजार ७ सय ४० खोप उपलब्ध गराएको हो ।
‘कोरोना महामारी नियन्त्रण गर्न साथ र सहयोगका लागि जापान सरकार र जापानी नागरिकप्रति कृतज्ञ छौं’, सोमबार सबै खोप आएकोबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयले भनेको छ ।










प्रतिक्रिया दिनुहोस्