काठमाडौँ, ८ भदौ । आफ्नो कार्यकर्तालाई चन्दागिरी रिसोर्टमा राखेर माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता र सहमतिको भ्रममा नपर्न अपिल गर्नुभएको छ ।
नयाँ पार्टी गठनको प्रक्रियामा अघि बढेका माधवकुमार नेपालले अब नेकपा एमालेको संस्थापन पक्षसँग वार्ता र सहमतिको सम्भावना नै सकिएको बताउनुभयो । नेता नेपालले वार्ता र सहमति को भ्रममा नपरी आफ्नो नयाँ पार्टीमा आबद्ध हुन आफू पक्षधर दोस्रो पुस्ताका नेता तथा कार्यकर्ताहरुलाई अपिल गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘दक्षिणपन्थी विसर्जनवाद, विकृति, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सँस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक–पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन् । हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’










प्रतिक्रिया दिनुहोस्