समाचार

काठमाडौँ उपत्यकामा थप ६८९ जनामा कोरोना पुष्टि



काठमाडौँ, ८ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६८९  जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ गरी ६८९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या १० हजार ५५८ पुगेको छ ।