अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ९ भदौ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।