राजनीति

माओवादीको प्रवक्ता महरा



काठमाडौँ, ९ भदौ । नेकपा (माओवादी केन्द्र)को प्रवक्ताको जिम्मेवारी पूर्वसभामुखसमेत रहेका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले पाउनुभएको छ ।

पार्टीको पछिल्लो कार्यविभाजनानुसार महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । सभामुखबाट पदमुक्त भएपछि महराले पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाउनुभएको थिएन ।

तत्कालीन नेकपा भंग भएपछि माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किँदा प्रवक्ताको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाउनुभएको थियो । उहाँ हाल पार्टीको प्रवास कमिटी इन्चार्ज बन्नुभएको छ ।