Banner News

माधव समूहको राजनीतिक कार्यदिशा ‘हिमालमा धान र तराईमा फापर खेती’ गरे जस्तोः नेता पोखरेल



काठमाडौँ, ९ भदौ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीकको राजनीतिक कार्यदिशा र कार्यक्रम हिमाली क्षेत्रमा धान र तराई क्षेत्रमा फापरको खेती गरे जस्तो मात्र भएको दावी गर्नुभएको छ ।

माधव समूहले आज निर्वाचन आयोगमा पुगी आफ्नो तर्फबाट ५५ जना केन्द्रीय सदस्य तथा २९ जना सांसदहरुको दस्तखत सहित पार्टी दर्ताको लागि आवश्यक प्रकृया पुरा गरेको छ । उक्त प्रस्तावित पार्टीले जनताको बहुदलीय जनवादको औचित्य समाप्त भइसकेको भनी उल्लेख गरेको छ । आफ्नो उपचारको लागि भारत जानुभएका झलनाथ खनालले जबजको औचित्य नभएको उल्लेख गर्नुभएको थियो ।

सोही प्रशंगलाई नेता पोखरेलल जबजले समाजवादको आधार तयार गर्ने मात्रै नभइ समाजवादको निर्माणमा मार्गदर्शन गर्ने सामथ्र्य समेत राख्ने दावी गर्नुभयो । उहाँले आफ्नो सामाजिक सञ्जालमा धारणा राख्दै जबजको सान्दर्भिकता सकिने भनेर पार्टीबाट बाहिरिेनहरुले आफैले स्वामित्व लिएको नवौं महाधिवेशनको दस्तावेजलाई पढ्न विर्सिएको जस्तो लागेको समेत उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्न्ुभएको छ, ‘जनताको वहुदलीय जनवादले समाजवादको आधार तयार गर्ने सामर्थ्य मात्रै राख्दैन,सिद्धान्तका रुपमा यसले समाजवाद निर्माणमा मार्गदर्शन गर्ने सामर्थ्य समेत राख्दछ । जवजको सान्दर्भिकता सकियो भनेर पार्टीवाट वाहिरिनेहरुले आफैले स्वामित्व लिएको नवौ महाधिवेशनको दस्तावेजलाई पढ्न विर्सेजस्तो छ । वास्तविक धरातलमा नटेकिएको राजनीतिक कार्यदिशा र कार्यक्रम अघि सार्नु भनेको हिमाली क्षेत्रमा धान र तराईमा फाफरको खेतीगर्न खोज्नु जस्तै हो ।’