समाचार

जबरजस्ती करणीको अभियोगमा पक्राउ



रुपन्देही, १० भदौ । चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

देवदह नगरपालिका, ५ नयाँबस्ती बस्ने पाल्पा तानसेन नगरपालिकाका ३० वर्षीय छविलाल चौहान मगरलाई प्रहरीले पक्राउ गरेको हो । छविलालले ती किशोरीलाई सोमबार बेलुका आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।