राजनीति

एसिडपीडित आरतीलाई प्रदेश सरकारको पाँच लाख सहयोग



जनकपुरधाम, १० भदौ । जनकपुरधामकी एसिडपीडित आरती साहलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

आज मुख्यमन्त्री लालबाबु राउतले पीडित साहलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । आरतीलाई मुख्यमन्त्री राउतले अस्पतालमै पुगेर आर्थिक सहयोग गर्ने आश्वासन दिएका थिए । घोषणा गरिएको करिब सात महिनापछि सहयोग रकम प्रदान गरिएको हो ।

०७७ कात्तिक २७ गते जनकपुरधाम उपमहानगरपालिका–७ स्थित डेरामा आरती र छोरी रियामाथि उनका श्रीमान् सञ्जीव साहले एसिड छ्यापेका थिए । घटनालगत्तै सञ्जीवलाई प्रहरीले पक्राउ गरेको थियो ।