काठमाडौँ, १० भदौ । नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटीको बैठक सकिएको छ ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आजको बसेको उक्त बैठकले १० बुँदे एकता प्रस्तावलाई शीघ्र कार्यान्वयन गर्ने भएको छ ।
उनले भने, ‘आजको बैठकले स्थायी समितिले गरेका निर्णय अनुमोदन गरेको छ । साथै १० बुँदे सहमति कार्यन्वयन शीघ्र कार्यान्वयन गर्न कार्ययोजना र कार्यतालिकालाई मूर्त रुप दिएको छ ।’
साथै आजको बैठकले एमाले विभाजनमा लाग्नेहरूमाथि कानुन अनुसार कारवाही गर्ने समेत बैठकले निर्णय गरेको छ । विभाजनमा लाग्नेहरू गल्ती सुधार गरेर आए पार्टीले स्वीकार गर्ने समेत एमालेले जनाएको छ ।
नेकपा एमालेले पार्टी परित्याग गर्दै नयाँ दल खोलेकोमा माधवकुमार नेपालसहितका नेताहरूको अभिलेख पार्टीबाट हटाउने निर्णय गरेको छ । पार्टीले कारबाही गरेकाहरूलाई र अनुपस्थित रहेकालाई पनि आयोगले सनाखत गराएकोले कानुनी लडाइँ लड्ने निर्णय भएको ज्ञवालीले बताए ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक एकताका लागि महत्वपुर्ण बैठक भएको बताउदै उनले पार्टी एकताको पक्षमा उभिने नेताहरुलाई स्वागत गरेका थिए । त्यस्तै पार्टी जेठ २ को अवस्थामा फर्कने भएपछि बीचमा अर्को पार्टीबाट आएका नेता, कार्यकर्ता र जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न प्रदेश र विभिन्न नेताहरुलाई एमालेले जिम्मेवारी पनि दिएको छ । मातहत कमिटीलाई जिम्मेवारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्