Banner News

थप २०६५ जनामा कोरोना संक्रमण, २३३७ जना डिस्चार्ज



काठमाडौँ, ११ भदौ । थप २ हजार ६५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ५६ हजार ४ सय ९२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय ९९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ हजार ३ सय ३७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८ हजार २ सय ३० जना रहेको छ । आज २५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ६ सय ६३ जना पुगेको छ ।