काठमाडौँ, ११ भदौ । नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी बनाएको छ ।
नेकपा एमाले हुँदाकै पाँच जना रहेको स्थायी कमिटी कायम गरेर स्थायी कमिटी बनाएको हो । स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल रहनुभएको छ ।
राष्ट्रिय सम्मेलनपछि स्थायी कमिटी विस्तार र सचिवालय गठन गर्ने तयारी छ । नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले ९ भदौमा वैधानिकता पाएको छ । एकीकृत समाजवादीको पदाधिकारी समेत टुंगिएको छैन ।










प्रतिक्रिया दिनुहोस्