समाचार

आजको मौसम



काठमाडौँ, १२ भदौ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही( केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

त्यस्तै आज देशको अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारीरधेरै भारी र बाँकी प्रदेशका एक(दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।