Banner News

थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु



काठमाडौँ, १२ भदौ । थप १ हजार ८ सय ५७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ५८ हजार ८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ८ सय ६६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ हजार २ सय २२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख १० हजार ४ सय ५२ जना रहेको छ । आज २७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ६ सय ९० जना पुगेको छ ।