पोखरा, १३ भदौ । पोखरामा फिर्के पुलबाट स्कार्पियो जिप खोलामा खसेको प्रहारिले जनाएको छ ।
प्रहरीका अनुसार पोखराको बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०–०–४६७ नं को गाडी आज राति २ बजे अनियन्त्रित भइ फिर्के पुलबाट खसेको हो ।
गाडी पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खस्दा जिपमा भेटिएका चालक पोखरा –१६ बस्ने २९ वर्षीय विजय घले र गाडीमा सवार उनकी श्रीमती २८ वर्षीय दुर्गा गुरुङलाई आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्