काठमाडौँ, १३ भदौ । थप १ हजार ३ सय ८८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ५९ हजार २ सय २२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ७ सय ९६ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ हजार २ सय ६० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख १२ हजार ७ सय १२ जना रहेको छ । आज २४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ७ सय १४ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्