समाचार

चार दिनयता बाढी पहिरोबाट १२ जनाको मृत्यु



काठमाडौँ, १४ भदौ । बाढी पहिरोका कारण पछिल्ला चार दिनमा १२ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार तीन जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन । करिब ५ हजार घर डुबानमा परेका छन् । ९० हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

केही दिनदेखिको वर्षाले रुपन्देही, नवलपरासी, कपिलवस्तु, कैलाली, बाँके, दाङ, काभ्रे, सुर्खेत, पाल्पा, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, उदयपुर, सिरहा, सर्लाही, रौतहट, धनुषा, झापा लगायतका जिल्लामा बढी असर गरेको छ । उद्धार र राहत आवश्यक परेमा नजिकको प्रहरी र आफ्नो पालिकामा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।