काठमाडौँ, १४ भदौ । सत्तारुढ गठबन्धनको आज बसेको बैठकले मन्त्रिमपरिषद विस्तार गर्ने भएको छ ।
आज बालुवाटारमा बसेको उक्त बैठकले मन्त्रिमण्डल विस्तार गर्ने तथा बजेट सच्याउने निर्णय गरेको छ । ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष ०७८र०७९ को बजेट सच्याउने निर्णय गरेको छ । सरकारले आवश्यक कानुन बनाएर बजेट सच्याउन लागेको हो ।
त्यस्तै सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
सत्तारुढ गठबन्धनको आज बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका छन् ।










प्रतिक्रिया दिनुहोस्